ज्योतिषशास्त्र: होलीमा प्रयोग हुने विशेष ५ रंगको अर्थ के हुन्छ ? « Khabarhub

ज्योतिषशास्त्र: होलीमा प्रयोग हुने विशेष ५ रंगको अर्थ के हुन्छ ?


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज रंगहरुको पर्व होली हिमाली तथा पहाडी जिल्लाहरुमा मनाइँदै छ । भोलि तराईका जिल्लाहरुमा होली मनाउने गरिन्छ ।

होलीमा रंगहरुको आफ्नै महत्व हुने गर्दछ । यसका साथै ज्योतिषशास्त्रमा पनि रंगको अर्थबारे विशेष चर्चा गरिएको पाइन्छ ।

शास्त्रमा ९ ग्रह अनुसार रंगको महत्व रहने गरेको छ । ग्रहअनुसार कुन रंग कसको प्रतिक मानिन्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।

१. सेतो रंग

सेतो रंगलाई सात्विक स्वरूपका रूपमा लिइन्छ । सत्व भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको संकेत हो । चन्द्रमा र शुक्रलाई सत्व स्वरूपको मानिन्छ । यसले अन्य रंगलाई निषेध गर्दछ । अन्य रंगलाई प्रतिस्थापन गर्न यो सक्षम रहन्छ ।

२. रातो रंग

रातो रंगलाई वैदिक अवस्थाको रजोगुण मानिन्छ । रातो रंग प्रेमको प्रतिक हो । तर शास्त्रमा यो युद्ध र क्रोधको प्रतीक हो । मंगल र सूर्यको राशिगत रंग रातो हुन्छ । स्थान र परम्पराका आधारमा यो निषेधात्मक संकेतका रूपमा लिइन्छ ।

३. कालो रंग

कालो रंगलाई तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा मानिन्छ । अज्ञान, अराजक, असफलताको संकेतका रूपमा कालो रङ प्रयोग गरीन्छ । तापक्रम र उज्यालोलाई यस रंगले शोषण गर्दछ । यो रंग भएका ग्रहहरूमा शनि, राहु, केतु पर्दछन् ।

३. पहेँलो रंग

पहेँलो रंगलाई सात्विक आहारविहार, स्वच्छन्दताका रूपमा लिइन्छ । यो रंग पनि प्रेमभावको प्रतीकका रुपमा रहने गर्द । बृहस्पति ग्रहको रंग पहेँलो मानिन्छ । धन र मीन राशिमा पहेलो रंगको विशेष प्रभाव पर्दछ । बुध पनि पहेँलो नै मानिन्छ ।

४. नीलो रंग

नीलो रंगलाई विशालता, गाम्भीर्य, स्निग्धताको प्रतीकका रूपमा लिइन्छ । केतु र राहुले यसमा विशेष प्रभाव पार्दछन् । अकाशको रंग संग मिल्ने भएकाले यसलाई समन्वय र शान्तिको प्रतिविम्ब पनि मानिन्छ ।

५. हरियो रंग

हरियो रंग शान्तिदायक, निर्मल, सहनशील मानिन्छ । प्राकृतिक रंगका रुपमा मानिने हरियो रंग आनन्ददायक हुन्छ । अरुभन्दा शान्त, प्रमाणहीन मानिने यो रङको प्रभाव विशेष बुधग्रहमा पर्दछ । राशिगत रूपमा कन्या र मिथुन राशिमा हरियो रंगको प्रभाव रहन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : १३ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा