ज्योतिषशास्त्र: होलीमा प्रयोग हुने विशेष ५ रंगको अर्थ के हुन्छ ? « Khabarhub

ज्योतिषशास्त्र: होलीमा प्रयोग हुने विशेष ५ रंगको अर्थ के हुन्छ ?


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज रंगहरुको पर्व होली हिमाली तथा पहाडी जिल्लाहरुमा मनाइँदै छ । भोलि तराईका जिल्लाहरुमा होली मनाउने गरिन्छ ।

होलीमा रंगहरुको आफ्नै महत्व हुने गर्दछ । यसका साथै ज्योतिषशास्त्रमा पनि रंगको अर्थबारे विशेष चर्चा गरिएको पाइन्छ ।

शास्त्रमा ९ ग्रह अनुसार रंगको महत्व रहने गरेको छ । ग्रहअनुसार कुन रंग कसको प्रतिक मानिन्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।

१. सेतो रंग

सेतो रंगलाई सात्विक स्वरूपका रूपमा लिइन्छ । सत्व भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको संकेत हो । चन्द्रमा र शुक्रलाई सत्व स्वरूपको मानिन्छ । यसले अन्य रंगलाई निषेध गर्दछ । अन्य रंगलाई प्रतिस्थापन गर्न यो सक्षम रहन्छ ।

२. रातो रंग

रातो रंगलाई वैदिक अवस्थाको रजोगुण मानिन्छ । रातो रंग प्रेमको प्रतिक हो । तर शास्त्रमा यो युद्ध र क्रोधको प्रतीक हो । मंगल र सूर्यको राशिगत रंग रातो हुन्छ । स्थान र परम्पराका आधारमा यो निषेधात्मक संकेतका रूपमा लिइन्छ ।

३. कालो रंग

कालो रंगलाई तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा मानिन्छ । अज्ञान, अराजक, असफलताको संकेतका रूपमा कालो रङ प्रयोग गरीन्छ । तापक्रम र उज्यालोलाई यस रंगले शोषण गर्दछ । यो रंग भएका ग्रहहरूमा शनि, राहु, केतु पर्दछन् ।

३. पहेँलो रंग

पहेँलो रंगलाई सात्विक आहारविहार, स्वच्छन्दताका रूपमा लिइन्छ । यो रंग पनि प्रेमभावको प्रतीकका रुपमा रहने गर्द । बृहस्पति ग्रहको रंग पहेँलो मानिन्छ । धन र मीन राशिमा पहेलो रंगको विशेष प्रभाव पर्दछ । बुध पनि पहेँलो नै मानिन्छ ।

४. नीलो रंग

नीलो रंगलाई विशालता, गाम्भीर्य, स्निग्धताको प्रतीकका रूपमा लिइन्छ । केतु र राहुले यसमा विशेष प्रभाव पार्दछन् । अकाशको रंग संग मिल्ने भएकाले यसलाई समन्वय र शान्तिको प्रतिविम्ब पनि मानिन्छ ।

५. हरियो रंग

हरियो रंग शान्तिदायक, निर्मल, सहनशील मानिन्छ । प्राकृतिक रंगका रुपमा मानिने हरियो रंग आनन्ददायक हुन्छ । अरुभन्दा शान्त, प्रमाणहीन मानिने यो रङको प्रभाव विशेष बुधग्रहमा पर्दछ । राशिगत रूपमा कन्या र मिथुन राशिमा हरियो रंगको प्रभाव रहन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : १३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक