होलीमा अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ « Khabarhub

होलीमा अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने ५१९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ४३ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला