नेपालका लागि ‘इयू जेण्डर च्याम्पियन’को जिम्मेवारी जर्मन राजदूतलाई « Khabarhub

नेपालका लागि ‘इयू जेण्डर च्याम्पियन’को जिम्मेवारी जर्मन राजदूतलाई


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि जर्मन राजदूत रोलाण्ड शाफरले लैंगिक समानताका लागि युरोपेली युनियन इयूको जेण्डर च्याम्पियनको जिम्मेवारी सम्हालेका छन् ।

उनले आइतबारबाट उक्त जिम्मेवारी सम्हालेको जर्मन दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले आगामी ६ महिना यस जिम्मेवारीमा रही काम गर्नेछन् ।

यसअघि इयूका जेण्डर च्याम्पियनको जिम्मेवारी फिनल्याण्डका राजदूत पेर्टी आन्टिननले सम्हाल्दै आएका थिए ।

जर्मन राजदूतलाई फिन्निस राजदूतले उक्त जिम्मेवारी हस्तान्तरण गरेको जर्मन दूतावासले जनाएको छ । उनले कार्यक्षेत्रमा लैंगिक समानता र द्वन्द्वमा महिलाको अवस्थालाई मध्यनजर गरी काम गर्नेछन् ।

विश्वमा महिला तथा बालिकाको हितका लागि ईयूको जेण्डर च्याम्पियनले प्रयास गर्दै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ६ : ५० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी