झापा र रौतहटमा गरी पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

झापा र रौतहटमा गरी पेस्तोलसहित ३ जना पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले झापा र रौतहटमा गरी पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–३ मावाखोलामा १ थान पेस्तोल, त्यसमा लाग्ने गोली १ राउण्ड र २ वटा खोकासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका ४४ वर्षीय मेघराज गौतम छन् ।

इलाका प्रहरी कार्यालय दमबाट खटिएको प्रहरी टोलीले गौतमलाई हतियारसहित पक्राउ गरेको हो ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–६ घरमपुरका कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ३ राउण्डसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाहीको धनकौल गाउँपालिका–६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम छन् ।

भारतीय नम्बरप्लेट बीआर–३०–यु ८३८२ को मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थानसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : २२ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक