वर्ल्ड हेप्पीनेस रिर्पोट :  नेपाल १०० औं स्थानमा | Khabarhub Khabarhub

वर्ल्ड हेप्पीनेस रिर्पोट :  नेपाल १०० औं स्थानमा


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संसारमा सवैभन्दा ठूलो कुरा नै खुशी हो । आत्म सन्तुष्टि मिल्छ भने मान्छेले अरु विकल्प पनि खोज्दैन । मुलुकका नागरिकलाई सन्तुष्टि दिनु सरकारको दायित्व हो, नागरिक खुशी रहनु भनेको देश खुशी हुनु हो ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार नेपाल विश्वमा खुशी हुने देशहरुको १०० औं स्थानमा परेको छ । १५६ देश मध्ये नेपाल १०० औं स्थानमा परेको हो ।

त्यसो त लगातार तेस्रो पटक पनि फिनल्याण्ड संसारकै सबैभन्दा खुशी हुने देशमा परेको छ । फिनल्याण्डले ७.७६ अंक प्राप्त गर्दै सूचीको पहिलो स्थानमा छ भने डेनमार्क दोस्रो, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्वीटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रेया छ ।

अघिल्लो वर्ष नेपाल १०१ स्थानमा रहेको थियो भने अहिले एक स्थान घटेको छ । गतवर्ष ४.८८ अंक पाएको नेपालले यो वर्ष भने ४.९१ अंक प्राप्त गरेको छ । नेपाल १०० औं स्थानमा रहँदा छिमेकी मुलुक छिमेकी भारत १४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ । दक्षिण सुडान सबैभन्दा खराब अर्थात १५६ औं स्थानमा छ ।

देशका भएका विभिन्न सामाजिक मूल्य मान्यता, विकास निर्माण, रोजगारी, शिक्षाको अवस्था, राजनीतिक स्थिरता, द्वन्द्व लगायत सरकारी क्रियाशीलताले मुलुकमा पारेको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावलाई आधार मानेर त्यस मुलुकको खुशी मापन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ०६ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने