पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने « Khabarhub

पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ ।

चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी हवन गरिने छ ।

प्रतिआहुतिमा आँकको समिधा पनि हवन गरिने छ । गौशाला, अजा(बाख्रा)शाला, यजमानशाला, पत्नीशाला र हविर्धान मण्डप (हवनीय पदार्थ भण्डार र शोधन गरिने ठाउँ) कैलाशचौरमै स्थापना हुने समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।

महारुद्रयाग सम्पन्न गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको अध्यक्षतामा १०८ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महामारी, उल्कापात एवं विविध दैवीविपत्ति शमन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यस्तो अनुष्ठान गर्न लागिएको आयोजक समितिका उपाध्यक्षसमेत रहनुभएका तिमिल्सिनाले जानकारी दिए ।

यजुर्वेदको ‘शतपथ ब्राह्मण’ ग्रन्थमा उल्लेख भएको ‘शतरुद्रियं जुहोति’ र ‘अर्कपर्णेन जुहोति’ शब्दको प्रयोग नै सो महारुद्रयाग हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : ०७ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।