प्रधानमन्त्री ओलीलाई सामान्य व्यक्तिजस्तै पूर्ण सक्रिय हुन ६ महिना लाग्न सक्ने « Khabarhub

प्रधानमन्त्री ओलीलाई सामान्य व्यक्तिजस्तै पूर्ण सक्रिय हुन ६ महिना लाग्न सक्ने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै वर्षदिन, ६ महिना लाग्ने भएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा दिव्या सिंहका अनुसार पूर्ण रुपमा संक्रमण मुक्त हुन तथा सामान्य मानिसजस्तै हिँडडुल गर्न प्रधानमन्त्रीलाई वर्षदिन ६ महिना लाग्न सक्छ ।

‘औषधिको डोजहरु बढी भएका कारण अहिले उहाँलाई संक्रमणको डर रहन सक्छ । उहाँले पहिला पनि मिर्गौलाको प्रत्यारोपण गरेको र उहाँको परिवारलाई पनि यससम्बन्धी ज्ञान भएको हुनाले त्यति संकट नआउला । तैपनि अहिले पूरै पब्लिकमा गएर, भिडभाडमा जान हामीले सल्लाह दिँदैनौं,’ मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा सिंहले भनिन्, ‘उहाँले आफ्ना दैनिक कार्यहरु आफ्नो अफिसबाट, सचिवालयबाट गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अरु संक्रमण भएका मानिसबाट जोगिनुपर्ने हुन्छ । एकदमै सक्रिय भएर सामान्य मानिसले जस्तै काम गर्न उहाँलाई अझै वर्षदिन, ६ महिना लाग्न सक्छ ।’

डा. सिंहले प्रधानमन्त्री ओली डिस्चार्जका लागि तयार भइसकेपनि पारिवारिक सदस्यहरुको आग्रह र संक्रमण हुने खतरा अझै रहेका कारण अस्पतालमै राखिएको बताइन् ।

परिवारका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई सार्नका लागि घरमा आवश्यक तयारी गर्नुपर्ने भएकाले केही दिन डिस्चार्ज नगरी अस्पतालमै राखिएको बताइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : २६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित