पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट « Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भएको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ।

विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ।

घटनास्थलमा रहेका एसपी सविन प्रधानका अनुसार पूर्वमन्त्री बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा विष्फोट भएको हो । उनले भने, ‘पूर्वमन्त्रीज्यूको लोकन्थलीस्थित निर्माणाधीन घरको कमाउन्ट वालमा विष्फोट भएको छ । विष्फोटबाट वालमा थोरै क्षति पुगेको छ । घरको शिशाहरु फुटेको छ । छेउको घरमा पनि सामान्य क्षति भएको छ । कसले घटना घटायो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौ ।’

बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो।

बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ३० बजे

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल