सरकारी लापरबाहीकै कारण पाकिस्तानमा पनि भित्रियो कोरोना | Khabarhub Khabarhub

सरकारी लापरबाहीकै कारण पाकिस्तानमा पनि भित्रियो कोरोना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- केही दिन अघिमात्र पाकिस्तान स्वास्थ्य राज्यमन्त्री डा. जाफर मिर्जाले मुलुकभित्र कोरोना भाइरस भित्रिन नदिनका लागि विमानस्थलमा हुँदै आएको स्क्रिनिङको व्यक्तिगत निरीक्षण गरेको आश्वासन दिएका थिए ।

उनले विदेशबाट आउने हरेक मानिसको स्क्रिनिङ गर्न सबै विमानस्थलमा सबल संयन्त्र बनाइएको दाबी पनि गरे । डा. मिर्जाको दाबी विपरीत इरानबाट पाकिस्तान आउँदै गरेको एकजना बिमारीले जहाजमै कोरोनाको लक्षण देखाएका थिए ।

तर, उक्त विमानमा चढेका अरु यात्रुजस्तै उनलाई पाकिस्तान प्रवेश गर्न रोकिएन । के त्यसबेला विमानस्थलका स्क्रिनिङ गर्ने उपकरणले काम गर्न छाडेका थिए ? के कर्मचारीले हेलचेक्य्राईं गरे ? के त्यसबेला विश्वका धेरै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिसक्दा पनि चीनबाट आउने यात्रुलाई मात्र स्क्रिनिङ गरिन्थ्यो ?

पाकिस्तान मेडिकल एसोसिएसनका एकजना वरिष्ठ सदस्यका अनुसार ती बिमारीले पूरा एक सातासम्म बेपरवाह कराँची शहर घुमेका थिए ।

यसक्रममा उनी धेरै नै मानिसहरुको संसर्गमा आएको हुनुपर्छ । सिन्ध प्रान्तका मुख्यमन्त्रीका अनुसार पछिल्ला केही दिनयता इरानबाट सिन्ध आएका १५०० जनाको पहिचान भएको छ ।

इरानमा कोरोना भाइरसको संक्रमण देखा परिसकेपछि पाकिस्तान सरकारले इरानसँगको सीमा बन्द गर्न ४ दिन लगाएको थियो । सरकारको यो असफलताले मुलुकमा प्राणघातक रोग भित्रिने सम्भावना बढेर गएको छ ।

यो विषय कराँचीमा मात्र सीमित छैन । इरानबाट फर्केका अर्का व्यक्तिलाई पनि इस्लामावादको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

डा. मिर्जाले भनेको सत्य हो, यो आत्तिने बेला होइन तर, सरकारले यस्ता महत्वपूर्ण विषयमा समयमै सही निर्णय लियोस् भन्ने सबैको अपेक्षा हुन्छ ।

सबैमा सरकारले विमानस्थलका कर्मचारीलाई उचित तालिम दियोस्, यसको उचित निगरानी गरोस् भन्ने अपेक्षा हुन्छ नै ।

चीनले गत डिसेम्बर महिनामा पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको समयबाट नै पाकिस्तान सरकारसँग यो चुनौति सामना गर्नका लागि पर्याप्त समय थियो ।

सरकारको गैरजिम्मेवारीपनका कारण अर्थतन्त्र र आम सर्वसाधारणको जीवनमा असर पर्न थालिसकेको छ । पाकिस्तानको स्टक एक्सचेन्ज ओरालो लागेको छ ।

हालसम्म पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या १९ पुगेको छ । जसमध्ये २ जनालाई निको भइसकेको छ भने १७ जना उपचाररत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : १३ बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि