भारत मध्यप्रदेशका १९ कंग्रेस सांसदको पनि राजीनामा « Khabarhub

भारत मध्यप्रदेशका १९ कंग्रेस सांसदको पनि राजीनामा


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत मध्यप्रदेशका १९ जना कंग्रेस सांसदले पनि राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा भारतीय कंग्रेसको तर्फबाट लामो समय नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धिया समेत छन् ।

सिन्धयाको राजीनामासँगै मध्यप्रदेश राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसद र राज्य सरकारका थप ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् ।

सिन्धियानिकट मानिने सांसदले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणा गरेलगत्तै राजीनामा आएको हो ।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाइसकेका छन् ।

मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका कंग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंहसहितका कंग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए ।

मध्य प्रदेशमा कंग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ३८ बजे

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको