दोश्रो सन्तानका लागि जन्मान्तर कति राख्ने ? « Khabarhub

दोश्रो सन्तानका लागि जन्मान्तर कति राख्ने ?


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पहिलो सन्तानको आमाबुवा बनिसकेका दम्पत्तिहरुमा प्रायः एउटा उल्झन रहने गर्दछ ।

अब अर्को सन्तान कति समयको अन्तरालमा जन्माउने ? कतिपयले यसका लागी अस्पताल वा निजि चिकित्सक मार्फत जानकारी लिन्छन् भने कतिले आफै योजना बनाउँछन् ।

अझ कतिपय अवस्थामा त बिना योजना नै अनेच्छुक गर्भ रहदाँ अर्को सन्तान जन्मने गर्दछ ।

यसरी योजना बिना गर्भवती बन्न पुग्दा अधिकांश महिलामा स्वास्थ्य जोखिम उच्च हुन्छ ।

कहिलेकाहिं कम समय अन्तरमा जन्मने शिशुको स्वास्थ्यमा समेत यसले समस्या निम्त्याउँछ । त्यसैले दोस्रो पटक गर्भवती बन्दा दुई सन्तानको बीचमा कति समयको अन्तर हुनु आवश्यक छ ? र कति बर्षको अन्तर राम्रो मानिन्छ । यसबारे जान्नु आवश्यक हुन्छ ।

कुनै पनि महिलाले पहिलो बच्चाको आफ्नो निर्भरता बिना खान, बस्न वा हिडडुल गर्न सक्छ भन्ने अवस्थामा मात्र दोश्रो सन्तान जन्माउनु उचित हुन्छ ।

यसका लागी ३/४ बर्षको अन्तराल दोस्रो गर्भधारणका परिपक्व मानिन्छ । तर, जो महिलाहरुले ३० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्माएकी छन्, उनका लागी दोश्रो गर्भधारण गर्ने उमेर कम हुन्छ ।

कारण, बढ्दो उमेरका कारण उनीहरुमा प्रजननसंग सम्बन्धित समस्या उत्पन्न हुनसक्छ । तथापी २ बर्षभन्दा कम अन्तर हानिकारक हुन्छ ।

कामकाजी अवस्था वा कारणवशं जन्म दिनुपर्ने बाध्यता बाहेक दुई सन्तान बीचमा ३/४ बर्षको अन्तर राम्रो मानिन्छ ।

यो अन्तरमा पहिलो गर्भाधारण अथवा सुत्केरीपछि महिलाहरुको शरीरले पुनः पुरानो स्वरुप प्राप्त गर्न सक्दछ । साथै दुई सन्तानलाई पूर्ण रुपले तथा बराबर समय र ध्यान दिन पनि यो अन्तर राम्रो मानिन्छ ।

कतिपय अभिभावकले दुई सन्तानका बिचमा ५ बर्षभन्दा बढि अन्तर राख्ने गर्दछन् । तर यति धेरै अन्तरले दुबै बच्चाहरु बिच निकटतामा कमी आउने गर्दछ ।

उमेर अनुसारको स्वभाव नमिल्ने, जेठोलाई माया कम भएको महशुस हुने लगायतका कारण भोलिका दिनमा दुई सन्तानका बिचमा मनमुटाव हुने गर्दछ ।

त्यसैले पहिलो गर्भाधारणपछि दोस्रो सन्तानको योजना बनाउनु भन्दाअघि ३/४ बर्षको अन्तर राख्नु नै उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ४० बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री