बाँस्कोटाको घर नजिक फेला पर्‍यो रिमोट, विप्लव समूहको पर्चा भेटियो « Khabarhub

बाँस्कोटाको घर नजिक फेला पर्‍यो रिमोट, विप्लव समूहको पर्चा भेटियो


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित निवासमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बाँस्कोटाको घरमा विस्फोट आफूहरुले गराएको दाबी गर्दै प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ ।

मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान सात बजेर ४० मिनेटमा विस्फोट भएको थियो । घर नजिकै विस्फोट गराउन प्रयोग गरिएको रिमोट फेला परेको प्रहरीले जनाएको छ ।

विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ ।

विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन् । बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ ।

एसपी सविन प्रधानका अनुसार पूर्वमन्त्री बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा विष्फोट भएको हो । उनले भने, ‘पूर्वमन्त्रीज्यूको लोकन्थलीस्थित निर्माणाधीन घरको कमाउन्ट वालमा विष्फोट भएको छ ।

विस्फोटबाट वालमा थोरै क्षति पुगेको छ । घरको शिशाहरु फुटेको छ । छेउको घरमा पनि सामान्य क्षति भएको छ । कसले घटना घटायो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौ ।’

बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ११ : १७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका