कोरोना भाइरसका कारण इण्डोनेशियामा पहिलो पटक एक जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण इण्डोनेशियामा पहिलो पटक एक जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ ।

इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा ५३ वर्षे विदेशी महिला छिन् ।

कोरोना भाइरलको संक्रमण देखिनुअघि नै उनीमा उच्च रक्तचाप, फोक्सोमा समस्या र थाइराइडजस्ता स्वास्थ्य समस्या रहेको उक्त कार्यदलका प्रवक्ताले जनाएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान २ बजे ती बिमारीको मृत्यु भएको जनाइएको छ । मृतकबारे सम्बन्धित दूतावासलाई जानकारी गराइएको भए पनि मृतकको पहिचान सार्वजनिक गरिएको छैन ।

यस्तै, इण्डोनेशियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । इण्डोनेशियामा गत साता पहिलो पटक कोरोना भाइरसका संक्रमित देखा परेका थिए ।

कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै मुलुकले उच्च सतर्कता अपनाइरहेको समेत अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण विश्वभर हालसम्म ४ हजार ३ सय जनाको ज्यान गइसकेको छ भने अरु १ लाख १९ हजार संक्रमित छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ३६ बजे

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र