गीताको कसम खाँदै अध्यक्ष थापाले भने–राप्रपालाई कहिल्यै फुट्न दिने छैनौं « Khabarhub

गीताको कसम खाँदै अध्यक्ष थापाले भने–राप्रपालाई कहिल्यै फुट्न दिने छैनौं


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीता हातमा लिएर (कसम खाँदै) आफूले कहिले पनि पार्टी नफुटाउने प्रतिज्ञा व्यक्ति गरेका छन् ।

तीन राप्रपाबीचको एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिवद्ध भएर देश बनाउने अभियानमा हिँडेका राप्रपा परिवार एकतावद्ध भएको भन्दै अब फुट्न नदिने उद्घोष गरे ।

‘अब राप्रपा कहिले पनि फुट्ने छैन । पार्टी एकता भएको छैन अब फेरि फुट्छ कि भन्ने चिन्ताबाट मुक्त हुनुस् ’ उनले कार्यकर्तालाई आग्रह गरे ।

फुटमा नेताहरुमात्र जिम्मेवार नहुने बताएका थापाले नेताको पछाडि होइन नीतिको पछाडि, व्यक्ति को पछाडि होइन विचारको पछाडि भन्ने शंकल्प लिइयो भने पार्टी नफुटने बताए ।

उनले तीनै जना यो भावनासँग सहमत भएर पार्टी एकता भएको बताए । अध्यक्ष थापाले ‘म कहिल्यै पनि पार्टी फुटाउने छैन’ भनेर उनले भनिरहँदा कार्यकर्ताले होहल्ला गरेका थिए ।

त्यसपछि उनले खल्तीमा हात हाले र गीताको पुस्तक निकाले । ‘तपाईंहरुलाई विश्वास लागेन मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : १५ बजे

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन