कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सका छोरालाई मेस्सीको जर्सी उपहार ! « Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सका छोरालाई मेस्सीको जर्सी उपहार !


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको उहान प्रान्तमा कोरोना संक्रमितको उपचारमा खटिएकी एक जना नर्सका छोरालाई अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जर्सी उपहार दिएका छन् ।

चीनको हुबेई प्रान्तको उहानस्थित छ्याङ्या अस्पतालमा कार्यरत उनले अन्तर्राष्ट्रिय महिला दिवसका दिन एक अन्तर्वार्तामा मेस्सीको जर्सी पाए आफ्नो छोराका लागि प्रेरणा बन्ने बताएकी थिइन् ।

महिला दिवसको राति नै अर्जेन्टिना राष्ट्रिय टोलीले उनको उक्त कामना थाहा पाएपछि प्रतिक्रिया दिँदै उनका ८ बर्षी छोरालाई जर्सी दिने जानकारी आएको चिनिया सञ्चार माध्यमहरुले लेखेका छन् ।

‘अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसीले मेरो ८ वर्षीय छोरालाई जर्सी पठाइदिनु भयो भने युवा टोलीको अभ्यासमा रहेका उनलाई प्रेरणा हुने मेरो आशा थियो,’ नर्सको भनाइ उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन् ।

‘हेलो । यो अर्जेन्टिना राष्ट्रिय टोलीको चीनस्थित कार्यालय हो । हामीले तपाईको कामना सुन्यौं,‘उनको उक्त कामना सुनेको अर्जेन्टिना फुटबल टोलीको चीनस्थित कार्यालयबाट उनलाई म्यासेज गर्दै भनिएको छ,‘हामी तपाईलाई जर्सी नम्बर पठाउँदै छौं ।’

छिट्टै नर्सलाई मेसीको जर्सी हस्तान्तरण गर्ने टोलीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : २४ बजे

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । हिंसात्मक उग्रवादसँगवविरुद्ध