कोरोनाको संक्रमण रोक्न वाग्मती प्रदेशका सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन’ « Khabarhub

कोरोनाको संक्रमण रोक्न वाग्मती प्रदेशका सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन’


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न वाग्मती प्रदेशका सवै जिल्लामा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ ।

आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचार गर्नका लागि काठमाडौं उपत्यकाबाहेक प्रदेशका १० वटै जिल्लामा उपचारको व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको हो ।

काठमाडौं उपत्यका बाहेक प्रदेशका १० वटै जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा अर्जुन सापकोटाले बताए ।

उनका अनुसार ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको जानकारी दिए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताए ।

काठमाडौँ उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ ।

प्रदेश राजधानी हेटौँडामा कोरोना भाइरसबाट बच्ने उपायबाट सजक रहे पनि बजारमा मास्कको अभाव भएकाले पर्याप्त उपलब्ध गराउन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिससकेको मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताए ।

वाग्मती प्रदेशमा काठमाडौँ, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ