हिमपातका कारण अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन | Khabarhub Khabarhub

हिमपातका कारण अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको घुच्ची लेखमा रहेको सातमोडमा फागुन दोस्रो साताबाट परेको भारी हिमपातले बन्द भएको सडक पुनः सञ्चालनमा आएको छ ।

फागुनको दोस्रो सातादेखि लगातार एक हप्तासम्म परेको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालन नहुँदा मुगुको सदरमुकाम गमगढीबजार र हुम्लामा दैनिक उपभोग्य सामान, विकास निर्माणका सामानहरु कालीकोटको नाग्मबजार, जुम्लाको गोठीज्युला र भुलभुले तथा अधिकांश बीच बाटोमै थन्किएको थियो ।

नाग्म–गमगढी सडकमा सञ्चालन हुने साना तथा ठूला मालवाहक गाडीहरु सञ्चालनमा आउन सकेका थिएनन् भने रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको गाडी हिलो र हिँउमा फसेर पर्यटकलाई हैरान भएको थियो ।

एकातिर सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानको अभाव हुँदै जान लाग्दा जिल्लाका कुनै पनि निकाय, स्थानीय सरकार, सरोकारवाला निकायको कुनै पनि नजर नगएपछि बल्लतल्ल प्रजिअ कृष्णकुमार निरौला, सहायक प्रजिअ, मुगु उद्योग वाणिज्य सङ्घ, जिल्लाका सरकारी कार्यालय, व्यापारी, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, अन्य सरोकारवाला निकाय र पत्रकारको पहलमा बारम्बार ताकेता गरेपछि सडक डिभिजन कार्यालय जुम्लाको डोजर प्रयोग गरी एक हप्तासम्म बन्द भएको सडक आइतबारदेखि सञ्चालनमा आएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताए ।

उनका अनुसार अब गमगढी बजारमा दैनिक उपभोग्य सामान र विकास निर्माणका सामान सहजरूपमा पाउने भएको छ । सडक खुलेकै दिन एक दर्जनभन्दा बढी मालवाहक गाडी र यात्रुवाहक सानाठूला गाडी सदरमुकाम गमगढी पास गरिएको प्रजिअ निरौलाले बताए ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ३० बजे

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अवार्ड

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’

एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ

‍काठमाडौं-  चर्चित युट्युबर, अभिनेता तथा बिग बोस विजेता एल्विश यादवको