कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा ‘विश्वव्यापी महामारी’ घोषणा « Khabarhub

कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा ‘विश्वव्यापी महामारी’ घोषणा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।

हाल १ सय २० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ भने ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विश्वमा १ लाख २६ हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्य ६७ हजारलाई उपचार पछि निको भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : १५ बजे

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित