कोरोना भाइरस संक्रमणः भारतमा पहिलो पटक एक जनाको मृत्यु, अत्यावश्यक बाहेकका सबै भिसा रद्द | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणः भारतमा पहिलो पटक एक जनाको मृत्यु, अत्यावश्यक बाहेकका सबै भिसा रद्द


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक  एक जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो।

कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

भारतको कर्नाटक राज्य सरकारले कोभिड-१९ (कोरना भाइरस) महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन्। परीक्षाका कार्यक्रम पनि सारिएको छ। भने हाम मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ।

कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन्।

भारतमा हालसम्म ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो।

बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको गरेको छ।

‘कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ११ बजे

व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको

संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला  

 काठमाडौं– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न