काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु भएको छ ।
भ्रष्टाचार, अनियमितता लगायत विकृति, विसंगति र कुसंस्कारविरुद्धको अभियानका रुपमा खरेलको नेतृत्वमा अभियान शुरु हुन लागेको हो ।
विहीबार खरेलको संयोजकत्वमा अभियानको सुरुवात गर्ने जानकारी दिएका छन् ।
खरेलले फेसबुकमा स्टाटस लेख्दै त्रिपुरेश्वरमा विहीबार कार्यक्रमको आयोजना हुने र सहभागी हुन शुभेच्छुक तथा समर्थकलाई आमन्त्रण गरेका छन्।
प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि खरेलले राजीनामा दिएका थिए।
प्रतिक्रिया