काठमाडौं – संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा कार्यकरत एक नेपाली सैनिकको मृत्यु भएको छ।
लेबनानस्थित राष्ट्र संघीय मिसन युनिफिलमा कार्यरत धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको हो ।
उनको मंगलबार सवारी दुर्घटनामा परी मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । चालक रहेका मगर चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए ।
प्रतिक्रिया