नेतृत्वको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै कांग्रेस अनुशासन समिति सदस्यबाट चौधरीले दिए राजीनामा « Khabarhub

नेतृत्वको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै कांग्रेस अनुशासन समिति सदस्यबाट चौधरीले दिए राजीनामा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका छन् ।

पार्टीका कार्यकर्तालाई नेतृत्वले गरेको कारबाहीप्रति असन्तुष्टि जनाउँदै चौधरीले बुधबार राजीनामा दिएका हुन् ।

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेल्धुराका सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझालाई गरेको कारबाहीप्रति उनले असन्तुष्टि जनाएका थिए ।

जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्लले पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो।

उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा चौधरीले असहमति जनाएका थिए ।

भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्