कोरोना रोकथामका लागि नेपाललाई विश्व बैंकको साढे ३ अर्ब अनुदान « Khabarhub

कोरोना रोकथामका लागि नेपाललाई विश्व बैंकको साढे ३ अर्ब अनुदान


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि  २९ मिलियन अमेरिकन डलर (करिब साढे ३ अर्ब रुपैयाँ) अनुदान सहयोग दिएको छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। जस अनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयले जानकारी दिएको हो ।

मंगलबार हस्ताक्षर भएको सम्झौताको रकम नेपालले कसरी खर्चिन्छ भन्नेबारे मन्त्रालयले छलफल गर्ने जनाएको छ ।

विश्व बैंकको सहयोगपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थ सचिवसम्मिलित बैंठक बसेको थियो ।

उक्त बैठकमा विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरूको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ ।

नेपाल सरकारको कोरोना नियन्त्रणको योजनाबारे पनि विश्व बैकले चासो राखेको मन्त्रालयले जनायो ।

विश्वमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले संक्रमित देश र जोखिमको लागि भन्दै गत साता सहयोग गर्ने घोषणा गरेको थियो।

घोषित रकममध्ये केहीलाई अनुदान र केहीलाई ऋण सहयोग हुने छ । नेपाललाई भने विश्व बैंकले अनुदान सहयोग गरेको हो।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : ५४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको