कोरोना संक्रमितका लागि भरतपुर अस्पतालमा १९ शैयाका छुट्टै कक्ष « Khabarhub

कोरोना संक्रमितका लागि भरतपुर अस्पतालमा १९ शैयाका छुट्टै कक्ष


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेशन वार्ड (छुट्टै कक्ष) विस्तार गरी १९ पुर्‍याएको छ ।

अस्पतालमा विहिबार बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच शैया रहेको आइसोलेशन वार्डलाई १९ शैयाको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो ।

अस्पतालमा आएका शङ्कास्पद बिरामीलाई सेवा दिन शैया थप गरिएको बताइएको छ । अस्पतालमा रहेको कोरोना आउट ब्रेक म्यानेजमेन्ट टिमलाई विस्तार गरी १३ सदस्यीय बनाइएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीका अनुसार लक्षण देखिएका बिरामीलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो १० दिनदेखि रुघाखोकी तथा ज्वरो आएको तथा कोरोना जोखिमयुक्त देशमा भ्रमण गरेर फर्किएको दुई हप्ता भएका व्यक्तिलाई अस्पतालले सेवा लिन सक्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ८ : ०९ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण