कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ४९ सय ७३ पुग्यो | Khabarhub Khabarhub

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ४९ सय ७३ पुग्यो


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ ।

चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् ।

चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ । चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने बिहीबार एक जनाको मात्र मृत्यु भएको छ ।

संक्रमित चिनियाँ नागरिक स्वास्थ्यलाभ लिएर फर्कनेक्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।

कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’

केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए ।

तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।

त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।

कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ४ सय २९ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ४२ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।