पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो आइसोलेसनमा « Khabarhub

पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो आइसोलेसनमा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पत्नी सोफीलाई कोरोना भाइरस संक्रमण भएपछि अब प्रधानमन्त्री ट्रुडोले पनि १४ दिन आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

कोरोना संक्रमणको आशंकामा प्रधानमन्त्री ट्रुडो र उनकी पत्नी सोफी बिहीबारदेखि नै ‘सेल्फ आइसोलेसन’मा बसेका थिए । नमूना संकलन गरी परीक्षण गर्ने क्रममा ट्रुडोकी पत्नी सोफीमा कोरोना संक्रमण भएको देखिएको हो ।

प्रधानमन्त्री ट्रुडोलाई भने अहिलेसम्म कोरोना संक्रमणको लक्षण देखिसकिएको छैन । तर, चिकित्सकहरुले ट्रुडोलाई पनि आइसोलेसनमा बस्न सुझाव दिएका थिए ।

यद्यपि अहिले नै प्रधानमन्त्री ट्रुडोमा कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्ने कुनै योजना नभएको क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा ट्रुडोल प्रधानमन्त्रीका रुपमा गर्नुपर्ने सबै काम नियमित जस्तै गर्ने जनाइएको छ । ट्रुडोले सुक्रबार (स्थानीय समयानुसार) देशबासीका नाममा सम्बोधन गर्ने समेत जनाइएको छ ।

प्रधानमन्त्रीकी पत्नी सोफी २ दिन अगाडि मात्रै एक कार्यक्रममा सहभागी हुन लण्डन पुगेर फर्किएकी थिइन् । लण्डनबाट फर्किएपछि उनमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षणहरु देखिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ३३ बजे

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौं– थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ