नेपाल आउने विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, जमिनको नाका भएर प्रवेश गर्न नदिइने « Khabarhub

नेपाल आउने विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, जमिनको नाका भएर प्रवेश गर्न नदिइने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न सरकारले नेपाल भ्रमणमा आउने विदेशीलाई दिँदै आएको अनअराभल भिसा स्थगित गरेको छ ।

अध्यागमन विभागले एक सूचना जारी गर्दै नेपाल भ्रमणका क्रममा विमानस्थलमै प्राप्त गरिने अनअराइभल भिसा सबै विदेशी नागरिकका लागि रद्द गरिएको जनाएको हो ।

अध्यागमन विभागका अनुसार अब नेपाल आउने विदेशी (गैरआवासीय नेपाली समेत)ले कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य रिपोर्ट देखाएपछि मात्रै प्रवेश पाउने छन् । उनीहरुले नेपाल प्रवेश गर्नका लागि कम्तिमा ७ दिन अगाडिको स्वाथ परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने छ ।

यस्तै, नेपालको भिसा प्राप्त गरी आउने विदेशी पर्यटकले कम्तिमा पनि १४ दिनका लागि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने अध्यागमन विभागले जनाएको छ । विदेशबाट आउने नेपाली र गैरआवासीय नेपालीले पनि नेपाल प्रवेश गरेको मितिदेखि १४ दिनसम्म ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने छ ।

कूटनीतिक तथा अन्य औपचारिक (अफिसियल) भिसामा नेपाल आउने विदेशीले पनि १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने विभागले जनाएको छ ।

अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशीका लागि सबै स्थलमार्ग (नाका)हरु बन्द गरिएको पनि जनाएको छ । अब विदेशी नागरिकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्ने अनुमति पाउनेछन् । यस्तो व्यवस्था भारत र चीनबाहेक (तेस्रो) मुलुकका नागरिकका हकमा लागू हुने जनाइएको छ ।

सरकारले सन् २०२० को वसन्तकालीन अवधिका लागि जारी गरिएका हिमाल आरोहणका अनुमति पनि खारेज गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : १९ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको