नेपाल आउने विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, जमिनको नाका भएर प्रवेश गर्न नदिइने | Khabarhub Khabarhub

नेपाल आउने विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, जमिनको नाका भएर प्रवेश गर्न नदिइने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न सरकारले नेपाल भ्रमणमा आउने विदेशीलाई दिँदै आएको अनअराभल भिसा स्थगित गरेको छ ।

अध्यागमन विभागले एक सूचना जारी गर्दै नेपाल भ्रमणका क्रममा विमानस्थलमै प्राप्त गरिने अनअराइभल भिसा सबै विदेशी नागरिकका लागि रद्द गरिएको जनाएको हो ।

अध्यागमन विभागका अनुसार अब नेपाल आउने विदेशी (गैरआवासीय नेपाली समेत)ले कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य रिपोर्ट देखाएपछि मात्रै प्रवेश पाउने छन् । उनीहरुले नेपाल प्रवेश गर्नका लागि कम्तिमा ७ दिन अगाडिको स्वाथ परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने छ ।

यस्तै, नेपालको भिसा प्राप्त गरी आउने विदेशी पर्यटकले कम्तिमा पनि १४ दिनका लागि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने अध्यागमन विभागले जनाएको छ । विदेशबाट आउने नेपाली र गैरआवासीय नेपालीले पनि नेपाल प्रवेश गरेको मितिदेखि १४ दिनसम्म ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने छ ।

कूटनीतिक तथा अन्य औपचारिक (अफिसियल) भिसामा नेपाल आउने विदेशीले पनि १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने विभागले जनाएको छ ।

अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशीका लागि सबै स्थलमार्ग (नाका)हरु बन्द गरिएको पनि जनाएको छ । अब विदेशी नागरिकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्ने अनुमति पाउनेछन् । यस्तो व्यवस्था भारत र चीनबाहेक (तेस्रो) मुलुकका नागरिकका हकमा लागू हुने जनाइएको छ ।

सरकारले सन् २०२० को वसन्तकालीन अवधिका लागि जारी गरिएका हिमाल आरोहणका अनुमति पनि खारेज गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : १९ बजे

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध