राष्ट्रिय आविष्कार केन्द्रलाई इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोग « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रलाई इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोग


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख १५ हजार रुपैयाँ शुक्रबार हस्तानान्तरण गरिएको हो ।

समाजका अध्यक्ष केदार निरौला र उपाध्यक्ष लिला खतिवडाले राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई नगद आर्थिक सहयोग हस्तानान्तरण गरेका छन् ।

आर्थिक सहयोग रकम ग्रहण गर्दै पुनले दूरगामी लक्ष्यसहित आविष्कार केन्द्र निर्माण गरिएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजान नेपाली युवाले गरेको सहयोग अतुलनीय रहेको बताए ।

अहिलेसम्म ९ करोड बराबरको आर्थिक सहयोग संकलन भएको भन्दै पुनले यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।

राष्ट्रिय आविष्कार केन्द्र आफैंलाई पनि आम्दानी गर्ने केन्द्रका रुपमा अघि बढाउने योजना सुनाउँदै पुनले नयाँ केहि गरौं भन्ने सोच भएका सम्पूर्ण नेपालीको केन्द्रका रुपमा यसको विकास गरिने बताए ।

समाजका अध्यक्ष निरौलाले वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेपनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य अनुसार राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको बताए ।

संस्थाका उपाध्यक्ष खतिवडाले पनि देशको समृद्धिका लागि वैदेशिक रोजगारीबाट आर्जन गरेको रकम र सीप नेपालीको हीतमा प्रयोग गर्दै अघि बढ्ने सोच रहेको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४२ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई