विश्वकै पहिलो ५ ओटा क्यामेरा भएको फोन, यस्ता छन् विशेषता « Khabarhub

विश्वकै पहिलो ५ ओटा क्यामेरा भएको फोन, यस्ता छन् विशेषता


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मोबाइल निर्माता कम्पनीहरुबीच अहिले सबैभन्दा बढी प्रतिस्पर्धा फोनमा समावेश गरिने क्यामेरालाई लिएर भइरहेको मानिन्छ । जसमा मोबाइल निर्माता कम्पनी नोकियाले अहिलेका लागि रेकर्ड बनाएको छ ।

अघिल्लो महिना बार्सिलोनामा आयोजि मोबाइल वर्ल्ड कङ्ग्रेसमा नोकियाले ५ रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गर्‍यो । यसलाई ३ मोनोक्रम र २ आरजीबी सेन्सरसहित विश्वकै पहिलो ५ वटा क्यामेरा भएको फोनका रुपमा पनि लिइएको छ ।

कम्पनीले यो मोबाइलको अन्तर्राष्ट्रिय बिक्री मूल्य ६९९ अमेरिकी डलर तोकेको छ । अन्तर्राष्ट्रिय बिक्री मूल्यअनुसार यो फोन नेपाली बजारमा ७६ हजार ४ सय ४९ रुपैयाँ पर्ने छ । तर, कर जोडिएर आउँदा नेपालमा यसको मूल्य ८० देखि ८५ हजार रुपैयाँ पर्नसक्छ ।

फोनको सबैभन्दा खास कुरा यसमा उपलब्ध पेन्टा लेन्स क्यामेरा सेटअप हो । फोटोग्राफिमा उत्कृष्ट अनुभव दिनका लागि कम्पनीले क्वालकम र गूगलसँग मिलेर क्यामेरा तयार पारेको हो । ५ वटै क्यामेर १२–१२ मेगापिक्सलका छन् । सेल्फीका लागि फोनमा २० मेगापिक्सलको क्यामेरा छ ।

फोनमा ५.९९ इन्चको क्वाड एचडी टुके स्क्रिन, क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर र ६ जीबी र्‍याम उपलब्ध छ । यो फोनको स्टोरेज क्षमता १२८ जीबी छ ।

यो फोन हाललाई ४ जी एलटीई नेटवर्क तथा वाइफाइ ८०२.११, भी ५.० ब्लूटूथ, जीपीएस, एनएफसी, युएसबी टाइप सी कनेक्टिभिटीमा उपलब्ध हुने छ ।

३३२० एमएएच ब्याट्री उपलब्ध हुने फोनमा वायरलेस चार्जिङ सर्पोट पनि उपलब्ध हुने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १ : १६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी