नेपाल–भारत सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी « Khabarhub

नेपाल–भारत सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ ।

सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि गृहमन्त्रालयले नेपालसँग सीमा जोडिएका सीमा क्षेत्रमा ११४ नयाँ बोर्डर आउट पोष्ट थप्ने निणर्य गरेसँगै रुपन्देहीमा भारतीय सीमासँग जोडिएका पाँच स्थानमा बोर्डर आउट पोष्ट थप्नुपर्ने भएको हो ।

पूर्वमा नवलपरासी र पश्चिममा कपिलवस्तुमा पर्ने यो जिल्लाको सीमा क्षेत्र ६० किलोमिटर लामो दूरी रहेको छ ।

जिल्लामा अहिले एक गण, तीन गुल्म, चार बोर्डर आउट पोष्ट र पाँच सुरक्षा बेस रहेकामा अब थप पाँच स्थानमा बोर्डर आउट पोष्ट थपिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलका अनुसार मुख्य कमाण्डका रुपमा एक गण, नेपाल नम्बर २७ गण, तीन गुल्म नम्बर ३८ गुल्म राजश्व भन्सार सुरक्षा, नम्बर ४३ गुल्म राजश्व चुहावट नियन्त्रण गुल्म र नम्बर ४१ गुल्म औद्योगिक सुरक्षा गुल्म रहेका छन् । चार बोर्डर आउट पोष्टमा पजरकट्टी, बोगडी, मजगवा, वयरघाट रहेका छन् भने पाँच बेसमा बिष्णुपुरा, लुम्बिनी, अमुवा, गङ्गोलिया र करौता रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीपसिंह कार्कीले बताए ।

जिल्लाको भारतसँग सीमा जोडिएका थप पाँच स्थान बुची नाका, सिसुवा नाका, पच्चवारी नाका, मञ्जरिया नाका र थुमुवा नाकामा नयाँ बोर्डर आउट पोष्ट राख्न प्रक्रिया अगाडि बढिसकेको उनलेब ताए । केही समयपछि स्थापना गर्न थालिएका नयाँ बोर्डर आउट पोष्टका कारण नेपाल भारतको सीमा क्षेत्रमा हुने सीमा अपराध र सीमा तस्करी नियन्त्रणमा सहयोग पुग्ने रुपन्देहीवासीले बताएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : २५ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु