अमेरिकी सेनाकी पूर्व गुप्तचर चेल्सी म्यानिङ रिहा « Khabarhub

अमेरिकी सेनाकी पूर्व गुप्तचर चेल्सी म्यानिङ रिहा


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिटंन– अमेरिकी सेनाकी पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा भएकी छिन् । सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिएका हुन् ।

अलेक्जान्ड्रिया प्रहरी कार्यालयले बिहीबार राति नै म्यानिङलाई जेलमुक्त गरिएको जनाएको छ । । म्यानिङ झण्डै एक वर्षदेखि जेलमा थिइन् । उनलाई ग्रान्ड जुरीसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि जेलमा राखिएको थियो ।

यसअघि ग्रान्ड जुरी समक्ष उपस्थित हुन अस्वीकार गरेको अभियोगमा म्यानिङमाथि २ लाख ५६ हजार अमेरिकी डलर जरिबाना गर्न आदेश दिइएको थियो । उक्त जरिबाना प्रतिदिन एक हजार डलरका दरले हुनेगरी तोकिएको थियो । उक्त ग्राण्ड जुरीले विकिलिक्सको समेत अनुसन्धान गरिरहेको छ ।

यसै मुद्दामा आगामी शुक्रबारका लागि तोकिएको सुनुवाई पनि रद्द गरिएको छ । म्यानिङले अलेक्जान्ड्रिया जेलमा आफूलाई राखिए पनि जबर्जस्ती बयान गराउन बाध्य बनाउन नसकिने दाबी गर्दै आएकी थिइन् ।

म्यानिङले गत बुधबार जेलमा छँदा आत्महत्या गर्ने प्रयास गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अभियोजकहरूले भने म्यानिङको रिहाईका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

म्यानिङले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गोप्य सूचना दिएको आरोपमा सात वर्ष सैनिक कारागारमा बिताइसकेकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : १३ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ