अमेरिकी सेनाले वुहान शहरमा कोरोना ल्याएको चिनियाँ कूटनीतिज्ञको आरोप | Khabarhub Khabarhub

अमेरिकी सेनाले वुहान शहरमा कोरोना ल्याएको चिनियाँ कूटनीतिज्ञको आरोप


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ विदेशमन्त्रालयका एक प्रवक्ताले अमेरिकी सेनाका कारण चीनको वुहान शहरमा कोरोना भाइरसको प्रकोप आइलागेको आरोप लगाएका छन् । चिनियाँ विदेशमन्त्रालयको प्रवक्ता झाओ लिजियानले आफ्नो ‘भेरिफाइड’ ट्वीटर अकाउन्टमार्फत् अमेरिकी सेनामाथि यस्तो आरोप लगाएका हुन् ।

उनले ट्वीटमा कठोर शब्द प्रयोग गर्दै ‘वुहानमा यो संक्रमण ल्याउनुमा अमेरिकी सेनाको हात रहेको हुनसक्ने’ आरोप लगाएका हुन् । अमेरिकी अधिकारीले चीनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पारदर्शीता नअपनाएको आरोप लगाएको बदलामा उनको यस्तो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले कोरोना भाइरसको नियन्त्रणका लागि चीनले ढिलो गरी कदम चालेको र यहीकारण विश्वले यसको पूर्व तयारी गर्न नसकेको आरोप लगाएका थिए ।

यसको प्रतिक्रिया दिँदै प्रवक्ता झाओले ट्वीट गरेका हुन् । झाओको ट्वीटमा लेखिएको छ, ‘अमेरिकामा पहिलो बिमारी कहिले देखिएको थियो ? कति मानिसहरु संक्रमित छन् ? अस्पतालका नामहरु के के हुन् ? वुहानमा यो संक्रमण ल्याउनुमा अमेरिकी सेनाको हात रहेको हुनसक्छ । पारदर्शीता अपनाउनुहोस् ! तपाईंहरुको तथ्यांक सार्वजनिक गर्नुहोस् ! हामीलाई अमेरिकाले जवाफ दिनुपर्छ !’

सामाजिक सञ्जालहरुमा वुहान शहरमा कोरोना भाइरसको प्रकोप अमेरिकी सेनाले ल्याएको अफवाह चलिरहेका बेला चिनियाँ कूटनीतिज्ञले भने पहिलो पटक सोझै अमेरिकी सेनामाथि प्रश्न उठाएका हुन् । यसबाट कोरोना भाइरसका विषयमा बाकयुद्ध शुरु हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १५ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले