प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको खर्च ६ लाख रुपैयाँ « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको खर्च ६ लाख रुपैयाँ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा ६ लाख रुपैयाँसम्म खर्च भएको हुनसक्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि १२ दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण र अस्पताल बसाइको खर्च ६ लाख सम्म हुनसक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले खबरहबलाई जानकारी दिए ।

‘हामीले हिसाब निकाल्न बाँकी नै छ, तर सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीको उपचार खर्च ६ लाखसम्म आउँछ,’ डा खड्गाले खबरहबसँग भने, ‘प्रधानमन्त्रीको भनेर हामीले एक्स्ट्रा लिने कुरा भएन, प्रधानमन्त्रीज्युको उपचार खर्च पनि ६ लाख सम्म नै आउन सक्छ ।’

डा खड्गाले प्रधानमन्त्री ओलीको उपचार खर्चको हिसाब गरेर छिटै सार्वजनिक गरिने पनि बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १८ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि