बालुवाटर पुगेर प्रधानमन्त्री ओलीले लिए बुबासँग आशिर्वाद « Khabarhub

बालुवाटर पुगेर प्रधानमन्त्री ओलीले लिए बुबासँग आशिर्वाद


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीसँग आशीर्वाद लिएका छन्।

अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रधानमन्त्री ओलीले बुबासँग आशीर्वाद लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनले प्रधानमन्त्रीले बुबासँग आशिर्वाद लिएको फोटो फेसबुकमा राख्दै यस्तो लेखेका छन् ।

अस्पतालमा रहुन्जेल सङ्क्रमणको जोखिमका कारण अरुलाई भेट्न दिइएको थिएन। आशीर्वाद दिँदै बुबाले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए।

उपचारका लागि अस्पताल जाने क्रममा पनि प्रधानमन्त्री ओलीले बुबासँग आशीर्वाद लिएका थिए। अस्पताल परिसरमै प्रधानमन्त्री ओलीले बुबालाई ढोग गरेका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : १५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण