कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ | Khabarhub Khabarhub

कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ ।

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’

 गत डिसेम्बर ३१ मा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ । संक्रमणबाट १ लाख ४५ हजार ६ सय ३८ जना बिरामी परेका छन् ।

संक्रमित हुने ८० हजार ८ सय २४ जना चिनियाँ नागरिक छन् । बाँकी अधिकांश संक्रमित युरोपियन मुलुकका छन् ।

चीनमा संक्रमणको दर कम हुँदै गए पनि युरोपेली मुलुकमा डढेलोझैं फैलिदा डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ । ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३० बजे

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं – विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास

नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय ७५ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई