यी ७ सामग्री मागेर प्रयोग नगर्नुहोस् « Khabarhub

यी ७ सामग्री मागेर प्रयोग नगर्नुहोस्


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् ।

किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ ।

कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने बानिले र्दुभाग्य समेत निम्त्याउँछ । वास्तु तथा धार्मिक मान्यता अनुसार अरुको सामाग्री प्रयोग गर्दा नकारात्मक ऊर्जा उत्पन्न भई हानि पुर्याउने गर्दछ ।

तसर्थ केहि यस्ता वस्तुहरु हुन्छन्, जसको प्रयोग मागेर गर्नबाट बच्नुपर्दछ । के के हुन् ति सामाग्री ?

१. घडी
कहिल्यै पनि अरुको नाडिमा बाधिएको घडि खोलेर आफुले लगाउनु हुदैन । मान्यता अनुसार घडीको सम्बन्ध व्यक्तिको जीवन र उसको समयसंग जोडिएको हुन्छ ।

यस्तोमा अरुको घडि मागेर लगाउँदा घडि धनिको खराब समय तपाईसंग जोडिने मान्यता रहेको छ ।

२. चप्पल
विवाह, पुजाआजा वा धेरै मानिस जमघट हुने कार्यक्रममा जुत्ता लगाएर आउने मानिसले अरुको चप्पल लगाउने गर्दछन् ।

आसपासको कामका लागी भन्दै अरुको चप्पल लगाउने मानिसको यो बानिले दरिद्रता निम्त्याउने गर्दछ ।

अझ शनिको स्थान पैतालामा हुने भएकाले जसको चप्पल लगाइन्छ उसको संघर्ष र दुखः आफु माथि आउने मान्यता छ ।

३. कलम (डटपेन)
अक्सर कार्यालय तथा स्कुल कलेजमा अरुसंग कलम (डटपेन) मागेर काम चलाइन्छ । तर यस्तो बानीले आर्थिक र करियरको क्षेत्रमा हानि बेहोर्ने बनाउन सक्छ । तसर्थ सकेसम्म कसैसंग कलम सापटि नलिनुहोस्, लिए पनि त्यो फिर्ता दिनुहोस् ।

४. औठी
अरुसंग मागेर लाउन नहुने अर्को सामाग्री हो, औठी । रत्नवाला औठी मात्र होइन कुनै पनि धातुको औठी समेत अरुको लगाउनु हुदैन । औठी लगाउने औलामा मानिसको जीवन र स्वास्थ्य जोडिएको हुन्छ । यस्तोमा अरुको औठि लगाउँदा सर्तक रहनुहोला ।

५. काइँयो
स्वास्थ्य मात्र नभई भाग्यका दृष्टिमा पनि अरुको काइँयो प्रयोग गर्नु हानिकारक मानिन्छ । यसरी अरुको काइँयो प्रयोग गर्दा टाउकोसंग सम्बन्धित बाधाहरु उत्पन्न हुनसक्छ । यसका अलावा भाग्यमा विपरीत असर समेत पर्न सक्छ ।

६. ओच्छ्यान
धेरैलाई थाहा नहुन सक्छ अरुको ओच्छ्यानमा सुत्दा समेत नकारात्मक असर पर्दछ । वास्तुदोष अनुसार अरुको ओच्छ्यानमा सुत्दा आर्थिक अभाव तथा नकारात्मक भाव पैदा हुन्छ । तसर्थ सकेसम्म अरुको ओच्छ्यानमा नसुत्नु नै राम्रो मानिन्छ ।

७. कपडा
अरु कसैको कपडा पहिरीनु समेत दुर्भाग्यको कारक मानिन्छ । मागेर कपडा लगाउँदा यसले स्वास्थ्यमा समेत हानी पार्ने गर्दछ । मान्यता अनुसार अरुको कपडा लगाउँदा त्वचाको संक्रमण हुनुका साथै नकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले यसले अभाव निम्त्याउँछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३३ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको