नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा « Khabarhub

नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिस कम मात्रामा पानी पिउने गर्दछन् । एक त पानीको मात्रा कम त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा बिभिन्न प्रकारको समस्याहरु देखापर्दछ ।

अझ मौसमको परीवर्तन भएसंग कतिपयले चिसो पेय पिउन थालेका छन् । तर चिकित्सकका अनुसार चिसो भन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :

१. तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ ।

२. पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ ।

३. बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, यसले पूरै रगत सफा पार्न मद्दत गर्छ ।

४. कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ ।

५. बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिएमा मोटोपना नियन्त्रण हुने गर्दछ ।

६. घाँटी दुखे वा टन्सिल भएमा तातो पानीमा नुन मिसाएर पिउँदा राहत पुग्दछ ।

७. तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ । पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ ।

८. महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ ।

९. टाउको वा पेट दुखेको बेला तातो पानी पिउँदा राहत पुग्दछ ।

१०. तातो पानीमा कागती र मह मिसाएर सेवन गर्नु उपयोगी हुन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ४४ बजे

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी