साताको शेयर बजार– कूल चार अर्ब ४२ करोडको कारोवार | Khabarhub Khabarhub

साताको शेयर बजार– कूल चार अर्ब ४२ करोडको कारोवार


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो ।

लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।

साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए ।

आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।

नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो ।

गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो ।

यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो ।

कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो ।

साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ४ : ५९ बजे

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा

काठमाडौं – लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख

आज २०८२ साल वैशाख ११ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख