डोल्पामा घर भत्कदा एकै परिवारका दुई बालिकाको मृत्यु « Khabarhub

डोल्पामा घर भत्कदा एकै परिवारका दुई बालिकाको मृत्यु


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढा रहेको तथा आमा रणमती बुढा गम्भीर घाइते भएकी त्रिपुराकोट प्रहरीले जनाएको छ । घाइते बुढालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ ।

घर भत्कदाँ उनको घुडाभन्दा मूनि च्यापिएको र बेहोस अवस्थामा फेला परेकी थिइन् ।

शुक्रबार बिहानदेखि निरन्तर परिरहेको वर्षासँगैको हिमपातका कारण घरको माथिल्लो तलाको गाह्रोमा पानी पसेर बन्दै गरेको दुईतले नयाँ घर भत्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : १२ बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित