बम विस्फोट गरी सडक खुलाइने « Khabarhub

बम विस्फोट गरी सडक खुलाइने


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– सिस्ने गाउँपालिका–२ मा बम विस्फोट गरी बाटो खुलाइने भएको छ ।

एक वर्षदेखि रोकिएको वडा नम्बर २ मा पर्ने देउखोला–नायगाड सडकखण्डमा बम विस्फोट गरी बाटो खुलाइने भएको हो ।

सडक खन्ने क्रममा पहिरो छिचोल्न नसकिएपछि बम विस्फोट गरेरै भए पनि ट्रयाक खोल्न लागिएको हो । त्यसका लागि बम विस्फोट गर्न गृह र रक्षामन्त्रालयले अनुमति दिइसकेको छ ।

जिल्लाको उत्तर पूर्वी क्षेत्र जोड्नेयो महत्वपूर्ण खण्ड हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसीआइपीले ११.६ किलोमिटर लामो यो सडकखण्डमा आस्फल्ट कंक्रिट गर्ने भनेर पीएच/शङ्करमाली निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार पहिलो वर्षमा ट्रयाक खोलि सक्नेदेखि ग्राभेलसम्मको काम गर्ने भनिएको छ भने, अर्को वर्षमा कालोपत्रको काम गर्ने भनिएको छ । आस्फल्ट कंक्रिट अर्थात ३० एमएमबाक्लो कालोपत्र गर्ने सम्झौता भएको हो ।

बम विस्फोट गर्ने कुरालाई गृह र रक्षामन्त्रालयले अनुमति दिएसँगै सडक निर्माणको काम पनि शुरु भइसकेको आयोजनाका निमित्त प्रमुख इञ्जिनीयर शङ्कर खत्रिले बताउनुभयो । अब सडक निर्माणको काम पनि छिट्टै सम्पन्न हुने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : २१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको