सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणको प्रभाव सबैभन्दा बढी भारतमा, कहाँ कस्तो छ अवस्था ? « Khabarhub

सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणको प्रभाव सबैभन्दा बढी भारतमा, कहाँ कस्तो छ अवस्था ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्ने विषयमा आवश्यक रणनीति बनाउन सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएका छन् ।

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्न लागेका हुन् ।

सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो ।

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नेछन् । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसविरुद्धको लडाइमा सार्क राष्ट्रहरुले ऐक्यवद्धता जनाउने छन् ।

सार्क राष्ट्रमा कोरोना भाइरस संक्रमणको अवस्था के छ ?

अफगानिस्तान

अफगानिस्तानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११ रहेको छ । सात जना पुराना भए पनि ४ जना नयाँ संक्रमित थपिएका हुन् ।

बंगलादेश

बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हालसम्म ५ जना रहेको छ । जसमध्ये २ जना संक्रमित उपचारपछि निको भएका छन् भने तीन जना उपचाररत छन् ।

भुटान

भुटानमा कोरोना भाइरसबा६ संक्रमितको संख्या १ रहेको छ । उनी उपचाररत छन् ।

भारत

भारतमा १ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा १८ जना नयाँ संक्रमित रहेको जनाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाइसकेका छन् भने १० जन उपचारपछि घर फर्किएका छन् । ८८ जना भने उपचाररत रहेका छन् ।

माल्दिभ्स

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जना संक्रमित रहेका छन् । जुसमा १ जना नयाँ विरामी थपिएका हुन् । १० जना नै उपचाररत छन् ।

नेपाल

नेपालमा हालसम्म १ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखा परेको छ । संक्रमित उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

श्रीलंका

श्रीलंकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जना संक्रमित भएका छन् । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ९ जना उपचाररत रहेका छन् ।

पाकिस्तान

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३१ जना संक्रमित भएका छन् । जसमा २ जना उपचारपछि घर फर्किएका छन् भने २९ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सार्क राष्ट्रहरुमा कुनै नयाँ संक्रमित देखिएको नभए पनि संक्रमणको खतरा उच्च रहेको भन्दै सबै राष्ट्रले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । सार्क राष्ट्रमा कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी भारतमा परेको छ भने त्यसपछि पाकिस्तान प्रभावित छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : ४६ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि