सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणको प्रभाव सबैभन्दा बढी भारतमा, कहाँ कस्तो छ अवस्था ? | Khabarhub Khabarhub

सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणको प्रभाव सबैभन्दा बढी भारतमा, कहाँ कस्तो छ अवस्था ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्ने विषयमा आवश्यक रणनीति बनाउन सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएका छन् ।

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्न लागेका हुन् ।

सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो ।

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नेछन् । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसविरुद्धको लडाइमा सार्क राष्ट्रहरुले ऐक्यवद्धता जनाउने छन् ।

सार्क राष्ट्रमा कोरोना भाइरस संक्रमणको अवस्था के छ ?

अफगानिस्तान

अफगानिस्तानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११ रहेको छ । सात जना पुराना भए पनि ४ जना नयाँ संक्रमित थपिएका हुन् ।

बंगलादेश

बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हालसम्म ५ जना रहेको छ । जसमध्ये २ जना संक्रमित उपचारपछि निको भएका छन् भने तीन जना उपचाररत छन् ।

भुटान

भुटानमा कोरोना भाइरसबा६ संक्रमितको संख्या १ रहेको छ । उनी उपचाररत छन् ।

भारत

भारतमा १ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा १८ जना नयाँ संक्रमित रहेको जनाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाइसकेका छन् भने १० जन उपचारपछि घर फर्किएका छन् । ८८ जना भने उपचाररत रहेका छन् ।

माल्दिभ्स

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जना संक्रमित रहेका छन् । जुसमा १ जना नयाँ विरामी थपिएका हुन् । १० जना नै उपचाररत छन् ।

नेपाल

नेपालमा हालसम्म १ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखा परेको छ । संक्रमित उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

श्रीलंका

श्रीलंकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जना संक्रमित भएका छन् । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ९ जना उपचाररत रहेका छन् ।

पाकिस्तान

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३१ जना संक्रमित भएका छन् । जसमा २ जना उपचारपछि घर फर्किएका छन् भने २९ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सार्क राष्ट्रहरुमा कुनै नयाँ संक्रमित देखिएको नभए पनि संक्रमणको खतरा उच्च रहेको भन्दै सबै राष्ट्रले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । सार्क राष्ट्रमा कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी भारतमा परेको छ भने त्यसपछि पाकिस्तान प्रभावित छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : ४६ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय