भारतका सबै क्रिकेट प्रतियोगिता तत्काललाई स्थगीत « Khabarhub

भारतका सबै क्रिकेट प्रतियोगिता तत्काललाई स्थगीत


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगीत भएका छन् ।

विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगीत भइरहँदा भारतले सबै घरेलु प्रतियोगिता स्थगीत गर्ने निर्णय गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले जनाएको छ ।

यसअघि दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय खेल रद्व गरिसकेको भारतले सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगीत गरेको हो ।

रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगीत गरिएको छ । ईरानी कपसंगै सिनियर महिला एकदिवसीय नकआउट, विज्जी ट्रफी, सिनियर महिला एक दिवसीय च्यालेन्जर, महिला अन्डर–१९ एकदिवसीय नकआउट, महिला एकदिवसीय अन्डर–१९ स्थगीत भएका छन् ।

यस्तै टी–२० लिग, सपुर लिग र नकआउट, महिला अन्डर–१९ टी २० च्यालेन्जर ट्रफी, महिला अन्डर–२३ नकआउट, महिला अन्डर–२३ एकदिवसीय च्यालेन्जर जस्ता प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत गरिएका छन् ।

कोरोनाको प्रभावलाई हेरेर सबै घरेलु प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत गरिएको बीसीसीआईले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ५१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल