भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो, १०५ जनामा संक्रमण देखियो « Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो, १०५ जनामा संक्रमण देखियो


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ ।

अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ ।

दिल्लीमा कोरोनाका ७ केस देखिएका छन् । हरियाणामा १४, राजस्थानमा ४ तेलनगनामा एक, युपीमा १२, लद्दाखमा ३, तामिलनाडुमा एक र आन्ध्र प्रदेशमा एकजनामा संक्रमण देखिएको र केही स्थानमा संक्रमण देखिएकाहरुलाई निको भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसबैबीच इरानमा फसेका २३६ भारतीयलाई शनिवार स्वदेश ल्याइएको छ ।

कोरोनाको खतरालाई मध्यनजर गर्दै करतारपुर कोरिडोर पनि बन्द गरिएको छ ।

यसबीच कोरोना संक्रमणबाट जोगिन केन्द्र सरकारले स्थलमार्गबाट आउने नाकाहरु बन्द गरेको छ । नेपाल भारत, भारत बंगलादेश, भारत भुटान, भारत म्यानमारको सीमालाई सिल गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ०८ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ