स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि | Khabarhub Khabarhub

स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन– स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनको सरकारले आइतवार दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नीको कोरोना संक्रमण जाँच पोजेटिभ देखिएको हो ।

प्रधानमन्त्री र उनकी पत्नीको स्वास्थ्य राम्रो भएको र उनीहरुले चिकित्सा अधिकारीहरुको निर्देशन अनुसरण गर्दै मड्रिडस्थित ला मोन्क्लोआ प्लालेसमा रहेको जनाइएको छ ।

यसअघि सान्चेज मन्त्रिमण्डलका दुई मन्त्रीको कोरोना भाइरस परीक्षण पनि सकारात्मक देखिएको थियो । उनीहरु दुबै जनाको स्वास्थ राम्रो रहेको स्पेनी सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्का अन्य सदस्यको परीक्षण भने नेगेटिभ आएको थियो ।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ ।

संक्रमित मध्ये करिब आधा जनसंख्या मड्रिडमा रहेको जनाइएको छ । कोरोना भाइरसको पहिलो केस जनवरीको अन्त्यमा देखिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : २७ बजे

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ