बिहेको पार्टीमा हेलिकप्टरबाट आए आँचल र उदिप « Khabarhub

बिहेको पार्टीमा हेलिकप्टरबाट आए आँचल र उदिप


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठको बिहेको भव्य पार्टी दिइएको छ । यो जोडीले शनिवार राजधानीको हायात होटलमा पार्टीको आयोजना गरिएको थियो ।

आँचल र उदिपले फागुन २९ मा बिहे गरेका थिए । हायात होटलमा आँचल र उदिप हेलिकप्टरबाट पुगेका थिए ।

बिहेको पार्टीमा चर्चित सेलिब्रेटीको उपस्थिति थियो । पार्टीमा हरिवंश आचार्य, प्रदीप भट्टराई, दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा शिवाकोटी, रेखा थापा, वर्षा राउत, सञ्जोग कोइराला, बसुन्धरा भुसाल, केकी अधिकारी, रीमा विश्वकर्मा, निती शाह, पुष्प खड्का लगायत सेलिब्रेटी उपस्थित थिए ।

आँचलले बिहे भोजमा लगाएको लेहेङ्गाको पनि चर्चा चलेको थियो । यो लेहेंगा १६ केजीको भएको र १६ लाख परेको बताइएको छ । आँचललाई उक्त लेहेंगामा खुबै सुहाएको थियो ।

हिन्दू संस्कृतिअनुसार यी दुईले बिहे गरेका थिए । आँचल हेलिकप्टरबाट झर्दा उदिपले उनको हात समाएका थिए ।

आँचल र उदिपलाई सेलिब्रेटी र फ्यानले बिहेको शुभकामना दिएका छन् ।

तस्वीर– प्रदीप भट्टराईको फेसबूकबाट ।

झण्डै एक वर्ष प्रेमसम्बन्धमा रहेर आँचल र उदिप विवाह बन्धनमा बाँधिएका हुन् ।

तस्वीरहरु: मेरोफिल्म डटकम

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ४६ बजे

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल