कोरोनाको त्रास– सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन « Khabarhub

कोरोनाको त्रास– सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको पनि बताए ।

यस्तै, कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने संभावित जोखिमतर्फ पनि सरकार सचेत रहेको मन्त्री ढकालले जानकारी दिए ।

मन्त्री ढकालले कूटनीतिक बाहेक सबै प्रकारका भिसाहरु स्थगित गरिएको पनि बताए । उनले वैशाख १८ गतेसम्मका लागि विदेशीलाई दिइने भिसा (कूटनीतिक वाहेकको हकमा) स्थगित गरिएको बताए ।

साथै, विदेशबाट आउने नेपालीलाई १४ दिनसम्म होम क्वारेन्टाइन राखिने र होम क्वारेन्टाइनमा रहेन बिरामीहरुलाई ज्वरो नाप्ने उपकरण दिइने मन्त्री ढकालले बताए । कोरोनाको संभावित लक्षण देखिएमा होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तत्काल अस्पताल ल्याउने गरी व्यवस्था मिलाइएको पनि मन्त्री ढकालले बताए ।

यस्तै, नेपाल आउने विदेशीले पनि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने पनि बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : २२ बजे

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति