२६ जिल्लामा सीडीओ हेरफेर | Khabarhub Khabarhub

२६ जिल्लामा सीडीओ हेरफेर


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

सहसचिवका दरबन्दी हुने जिल्लाहरूमा आइतबार सिडिओको हेरफेर भएको हो । कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला तथा मकवानपुरको सिडिओमा दीपकराज नेपालको सरुवा भएको छ ।

धनकुटामा केशवप्रसाद विमली, अछाममा पुण्यविक्रम पौडेल, नवलपरासी पश्चिममा वासुदेव दाहाल, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, पाँचथरमा अर्जुनकुमार शर्माको सरुवा भएको छ। गुल्मीमा भरतकुमार शर्मा, बारामा रुद्रप्रसाद पण्डित, तनहुँमा बद्रीनाथ अधिकारीलाई सिडिओ बनाइएको छ ।

कास्कीमा सिडिओ रहेका रमेशकुमार केसीलाई अध्यागमन विभाग तथा धनुषाका सिडिओ प्रदीपराज कँडेललाई कारागार व्यवस्था विभागको महानिर्देशकमा सरुवा गरिएको छ । मकवानपुरका नारायणप्रसाद भट्ट तथा बाराका सिडिओ फणिन्द्रमणि पोखरेलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

सहसचिव हीरालाल रेग्मी र हरिप्रसाद घिमिरे, गोपालकुमार अधिकारीको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् न्यूनीकरण प्राधिकरणमा पदस्थापन भएको छ ।

केही उपसचिवहरूको पनि सरुवा भएको छ। डा. कृष्ण घिमिरेलाई सहायक प्रजिअ मोरङ, अनुज भण्डारीलाई सिराहा, मुरारी वस्ती र जनार्दन गौतमको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भोजराज श्रेष्ठको सहायक सिडिओका रूपमा धनकुटा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ०४ बजे

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले यस वर्ष पनि  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन