ज्याक माले अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग गर्ने « Khabarhub

ज्याक माले अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग गर्ने


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अनलाइन किनमेल कम्पनी अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक माले अमेरिकालाई ५ लाख टेस्टिङ किट र १० लाख मास्क प्रदान गर्ने घोषणा गरेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल वेइबो र ट्वीटरमा सन्देश जारी गर्दै ज्याक माले अमेरिकातर्फ लैजानका लागि सामानहरु तयार रहेको समेत जनाएका छन् ।

सन्देशमा उनले आफ्नो मुलुकका अनुभवबाट कोरोना भाइरसविरुद्ध लड्नका लागि यस्ता टेस्टिङ किट र व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

ज्याक माले यसअघि जापान र इरानलाई १० लाख तथा युरोपमा १८ लाख लाख मास्क प्रदान गर्ने घोषणा गरेका थिए ।

चीन विश्वमा फेसमास्कको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक हो ।

यसअघि आफ्नै मुलुकमा कोरोना भाइरसको ठूलो असर पर्दा चीनले मास्कको निर्यातमा कटौती गर्ने जनाएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : १६ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच