माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण शुरु | Khabarhub Khabarhub

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण शुरु


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि शुरु गरिएको छ ।

दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण शुरु गरिएको आयोजनाले जनाएको छ ।

बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि यही चैत २२ गतेसम्म गरिने बताइएको छ । आयोजनाको बाँधक्षेत्र परीक्षणअन्तर्गत इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडबक्र्सका संरचनाको प्राविधिक परीक्षण हुन लागेको आयोजनाले जनाएको छ ।

विद्युत् क्षेत्रमा विशेष महत्व राखेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि विसं २०७२ को विनाशकारी भूकम्पका कारण केही समय ढिला हुनगएको थियो ।

आयोजनाको बाँध क्षेत्र परीक्षणको अवधिभर नदीको पानी रोक्ने र छाड्ने काम गरी रहनुपर्ने भएका कारण पानीको सतहमा तलमाथि हुने हुँदा तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिगटी बवार, तामाकोशी बजार तथा मन्थलीसम्म पानीको सतह घटबढ हुने हुँदा नदी किनारमा केही गतिविधि नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १५ बजे

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा