२२ लाखभन्दा बढि मूल्यकाे सुनसहित भारतीय नागरिक पक्राउ « Khabarhub

२२ लाखभन्दा बढि मूल्यकाे सुनसहित भारतीय नागरिक पक्राउ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले २२ लाख भन्दा बढी मूल्य बराबरकाे सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरीले टोलिले चन्द्रागिरि न.पा.वडा न २ नागढुंगा चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले ना १ ज ५०६० नम्बरको टाटासुमो गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा भारतको मेन्दीपुर जिल्ला कलकत्ता दासपुर थाना घर भएका  ४५ वर्षीय आशुतोष सेनापतीलाई पक्राउ गरेको हो ।

उनको शरीर तथा सामान खानतलासी गर्ने क्रममा बिल तथा कागजात नभएको ३९८ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ । बरामद गरीएको सुनमा केही तयारी अवस्थाका गरगहना र २ थान सुनका पाता समेत रहेको डीएसपी श्रेष्ठले बताए ।

बरामद गरीएको सुन तथा पक्राउ परेका मानिसलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको थानकोट प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको बजार मुल्य अनुमानित बाईस लाख तेईस हजार रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ०८ बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश